
१२ साउन, काठमाडौं । आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ ।
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।