टोकियो ओलम्पिक(२०२० मा नेपाली सुटिङ कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा सुधार गरिन्


९ साउन, काठमाडौं ।टोकियो ओलम्पिक(२०२० मा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् ।

शनिबार भएको महिला १० मिटर एअर राइफल इभेन्टको छनोट चरणमा उनले ६१६।८ स्कोर गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

तर कुल ५० खेलाडी मध्ये ४६औं स्थानमा रहेकी उनी पहिलो चरणबाटै बाहिरिइन् ।

कल्पनाले यसअघि १३औं दक्षिण एसियाली खेलकुद सागमा ६१४।५ स्कोर गर्दै कीर्तिमान बनाएकी थिइन् । १३औं सागमा उनी चौथो भएकी थिइन् ।

टोकिया(२०२० अन्तर्गत शनिबार बिहान आसाका सुटिङ रेन्जमा कल्पनाले ६१६।८ स्कोर गर्दै कीर्तिमान सुधारिन् तर अघिल्लो चरण पुग्न सकिनन् ।

छनोटबाट शीर्ष ८ स्थानमा रहने खेलाडी मात्र फाइनलमा प्रवेश गरेका छन् ।

कल्पनाले पहिलो सिरिजमा १०२।२, दोस्रोमा १०५।४ तथा तेस्रोमा १०१।१, चौथोमा १०४।१ र पाँचौमा १०३।४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरेकी उनले १००।७ स्कोर गरिन् । उनले समग्रमा ६१६।८ स्कोर गरिन् ।

कल्पना वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी थिइन् ।

आजै नेपाली जुडो खेलाडी सोनिया भट्टले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्दैछिन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको