आज गुरु पूर्णिमा पर्व मनाइँदै


९ साउन, आज गुरु पूर्णिमा । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई शास्त्रमा गुरु भनिएको छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।

गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ ।

को हुन वेदव्यास रु

गुरु पूर्णिमा पर्व महर्षि वेद व्यासलाई प्रथम गुरु मानेर उनको सम्मानमा मनाइन्छ । महर्षि वेद व्यास नै थिए जसले सनातन धर्मको चार वेदको व्याख्या गरेका थिए । पौराणिक मान्यता अनुसार अषर पूर्णिमामा महर्षि वेद व्यासको जन्म भयो । गुरु वेद व्यासले नै पहिलो पटक मानव जातिमा चार वेदको ज्ञान दिएका थिए । त्यसैले सबैभन्दा पहिलो गुरुको रुपमा उनी पूज्य छन् ।

आजबाट व्रतको पूर्णिमा प्रारम्भ हुन्छ । यस दिनदेखि असार महिना समाप्त भएको मानिन्छ । भगवान वेद व्यास एक अलौकिक शक्तिसम्पन्न महापुरुष थिए ।

महर्षि वेद व्यासका बारेमा रोचक कुरा

–विश्वमा सर्पप्रथज्ञ पृथ्वीको पहिलो भौगोलिक मानचित्र महाभारतको रचयिता महिर्ष वेद व्यासद्वारा बनाएका थिए ।

–ऋषि पराशर र निषाद कन्य सत्यवतीको पुत्र महर्षि वेद व्यास वास्तवमा एक उपाधी थियो । उनी यस कल्पका २८ औं वेद व्यासजी थिए ।

–श्रीमद्भागवत पूराणमा भगवान विष्णुको जुन २४ अवतारको वर्ण गरिएको छ, त्यसमा महिर्ष वेद व्यासको पनि नाम छ ।

–धर्मग्रन्थमा जुन अष्ट चिरन्जिवी बताएका छन्, त्यसमा महिर्ष वेद व्यास पनि एक हुन् ।

–सत्यवतीले भनेपछि वेद व्यासजीले विचित्रवीयको पत्नी अम्बालिका र अम्बिकालाई आफ्नो शक्तिले धृतराष्ट्र र पान्डु नाम पुत्र जन्मएका र एक दासी पुत्र विदुरको जन्म भयो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको