एमाले बैठक पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष


७ सउाउन,काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार सकिएको बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर संवाद भइरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताएका छन् ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने विषयमा भने केही निर्णय गरेको छैन । एकताका लागि आवश्यक छलफल भइरहेकाले कारवाहीका बारेमा अरु निर्णय नगरिएको प्रवक्त ज्ञवालीले जानकारी दिए ।

उनले एकताका लागि चलाइएका छलफल छिटो निष्कर्षमा पुग्ने बताए । राष्ट्रिय राजनीतिमा देखिएका परिघटनाबाट प्रदेश सरकारलाई जोगाउन प्रयास गर्ने उनले बताए ।

यसअघि बिहीबार नै पुष्पलाल स्मृति दिवसको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि आह्वान गरेका थिए भने एकतामा आउन चाहे माफी दिने बताएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको