६ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले सात प्रस्ताव पारित गरेको छ । बालुवाटारमा शुक्रबार बसेको १३ औँ बैठकले सात वटा प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले माधव समूहका सांसदले पार्टी विपरित गएर हस्ताक्षर गरेकोमा असन्तुष्टी जनाउँदै बाढीपहिरोपछिको राहत र पुनर्स्थापनामा खटिन कार्यकर्तालालाई निर्देशन दिँदै सात प्रस्ताव पारित गरेको हो । तर एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी भएनन् ।
के छ सात प्रस्तावमा रु
१। देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी हुने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सबै शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण ।
२। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह हो । यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति हो । यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ हो । नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी शक्ति पनि यही पार्टी हो ।
यस पार्टीलाई एकताबद्ध, सुदृढ र नेतृत्वदायी स्थानमा स्थापित गरेर मात्रै परिवर्तनका उपलब्धिहरूलाई रक्षा गर्न सकिन्छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ र समाजवादका आधारहरू निर्माण गर्न सकिन्छ । तर पार्टीमा विगत केही समय यता उत्पन्न असहज अवस्थाले पार्टीका हजारौं नेता–कार्यकर्ता तथा समर्थक–शुभचिन्तकहरूलाई चिन्तित तुल्याएको छ भने विरोधी शक्तिहरूलाई उत्साहित बनाएको छ ।
स्थितिको गाम्भीर्य, पार्टीको काँधमाथिका ऐतिहासिक अभिभारा, पार्टीपङ्क्तिको भावना एवं जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न यो बैठक पार्टीका सबै नेता–कार्यकर्ताहरूलाई आह्वान ।
३। आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रस्तुत हुनु र ती मध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो । यस्तो गतिविधि राष्ट्र र जनताका हितका समेत विपरीत छ । तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदहरूलाई आगामी सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।
४। महामारीका कारण ज्यान गुमाउनु हुने पार्टी केन्द्रीय सदस्य कमरेडहरू पशुपति चौलागाइँ र योगनारायण यादव, केन्द्रीय सल्लाहकार परिषद् सदस्य कमरेड महेन्द्र कतिला, पूर्वसांसद कमरेड रत्नप्रसाद शर्मा, डोल्पा जिल्ला कमिटी अध्यक्ष कमरेड दत्तबहादुर रोकाया, पूर्वी रुकुमका पूर्व अध्यक्ष सतमान पुन, सुदुरपश्चिम प्रदेश कमिटी सदस्यहरू रामचन्द्र जोशी र लालबहादुर कडायत, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख कमरेड ओमबहादुर बुढा, केन्द्रीय विभागका पूर्व सदस्यहरू डा। गोविन्द थापा र चन्द्र न्यौपाने लगायत दिवंगत दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण ।
५। भीषण वर्षाका कारण आएको बाढी–पहिरो र डुबानले देशैभरि जनधनको ठूलो क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, मनाङ, कास्की, लमजुङ, तनहुँ, चितवन, पाल्पा, गुल्मी, बाजुरा, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट लगायत जिल्लाहरू बढी प्रभावित भएका छन् । ती जिल्लाहरूमा कैयौंको ज्यान गएको छ, सयौं परिवार घरबारविहीन हुनुभएको छ, पशुपञ्छी एवं चौपायाहरूको मृत्यु भएको छ र मेलम्ची खानेपानी, विभिन्न जलविद्युत् परियोजनाहरू र राष्ट्रिय राजमार्गमा ठूलो क्षति पुगेको छ । यो बैठक प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पीडितहरूको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गर्र्दै विस्थापितहरूलाई तत्काल सुरक्षित र दिगो पुनस्र्थापना गर्न सरकारसँग गम्भीर आग्रह गर्दछ ।
६। भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराइरहनु भएका पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । उहाँको स्वास्थ्योपचारको जिम्मा लिनु भएकोमा पार्टी अध्यक्षप्रति धन्यवाद ज्ञापन गर्दछ ।
७। पार्टी स्थापनाको सयौं वर्षगाँठको सुखद उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव कमरेड सि चिनफिङ र चिनियाँ कम्युनिष्ट पार्टीलाई हार्दिक बधाई ज्ञापन गर्दछ । सय वर्षको सङ्घर्षपूर्ण अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई सामन्तवादबाट मुक्त गरेको छ, चिनियाँ राष्ट्रलाई विदेशी उत्पीडनबाट स्वतन्त्रता दिलाएको छ र सयौं वर्षदेखि जारी गरिबीको दुश्चक्रबाट मुक्त गर्दै चिनियाँ जनतालाई समृद्धिको प्रत्याभूति दिलाउन सफल भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले पूर्वाधार निर्माण, कृषिमा युगान्तकारी रुपान्तरण, प्रविधिको नवीनतम विकास, शिक्षा–स्वास्थ्य–कला– खेलकुद सहितका सामाजिक क्षेत्रहरू, अन्तरीक्ष विज्ञान लगायतमा हासिल गरेका प्रगतिहरू चामत्कारिक प्रकृतिका छन् । चीनले विश्वका विकासशील देशहरूको पक्षमा खेलिरहेको भूमिका प्रशंसनीय छ ।
प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको अर्को बैठक भोलि असार १९ गते अपराह्न ३ बजे बस्ने छ । बैठकमा माधव(झलनाथ पक्षका नेतबाहेकको उपस्थिति थियो । बैठकमा बामदेव गौतम समेत सहभागी भएका थिए ।े