आफ्नै निर्वाचन क्षेत्रका जनताले प्रदेशसभा सदस्य लखेटिय


२३ असार  महोत्तरी । प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी तिवारीलाई आफ्नै निर्वाचन क्षेत्र चकवाका स्थानीय युवाले लखेटेका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ ख बाट जसपाको प्रदेशसभा सदस्य रहेकी तिवारीलाई विकासको क्रममा अनियमिा भएको आरोपमा आफ्नै निर्वाचन क्षेत्रका जनताले लखेटेका हून् ।

निर्वाचन क्षेत्रमा निरीक्षण गर्न गएको बेला स्थानीय युवाहरुले उनलाई चौतर्फी रुपमा घेराबन्दीमा पारेका थिए । उनीमाथि विकास निर्माणको काममा व्यापक अनियमितता गरेको आरोप छ ।

थरुवाही–चकवा सडक निर्माणका क्रममा विवाद हुँदा सांसद साह जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र एकडारा गाउँपालिकाका अध्यक्ष रामछविलासहित त्यहाँ पुगेकी थिइन् ।

सो क्रममा स्थानीय युवाले उनीहरुलाई पनि गाडीमा चढेर नभई पैदल हिँडेर मात्र निरीक्षण गर्न दबाब दिएका थिए । गाउँका अन्य सडकखण्डको अवस्था पनि अत्यन्त खराब रहेको र गाउँभरि हिलो नै हिलोका कारण जनताले दुःख भोग्न बाध्य रहेको स्थानीयको गुनासो थियो ।

सोही क्रममा सांसद साहसँगै रहेका सत्येन्द्र यादवसँग स्थानीय युवाहरुको विवाद भएको थियो । विवादपछि गाउँलेले उनीहरुलाई लखेटेका हुन् ।

स्थानीय रमेश रायले भने, ‘नेता भएपछि जनताका लागि विकास नगर्दा जनताले नेतालाई गाली गर्न सक्छ । तर, सो क्रममा उनका समर्थकले स्थानीयसँग झगडा गर्नु उचित होइन ।’

यता, सत्येन्द्र यादवले भने स्थानीय युवाहरुले सांसद साहसँग विवादको क्रममा धक्कामुकी गरेपछि आफूले उनीहरुलाई रोक्ने प्रयास मात्र गरेको दाबी गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको