
१७ असार , महोत्तरी । विशाल बस्नेत ।
केही युटुबेहरुको निर्णय सुन्दा लाग्छ यो देशमा कुनै न्यायलय नै छैन मानौ स्वस्फूर्त निर्णय गर्ने अधिकार न्यायलय भन्दा बढी यिनिहरुलाइ प्रदान गरिएको छ । डलरको लोभमा हाम फालेका युटुबेहरुको हर्कतले पबित्र भावना भएकाहरुलाइ समेत अपबित्र बनाइरहेको छ ।
एउटा सामान्य जिमेल आइडी खोलेर युटुब बनाउदैमा कोही पनि पत्रकार बन्नै सक्दैन अनि त्यो पत्रकार होइन पनि ।
पत्रकार हुनका लागी पत्रकारिताका सिदान्त र आचारसंहिता बुझेको र सोही अनुसार अध्यण गरेको हुनु पर्ने हो तर एउटा युटुब खोलेर आफुलाइ पत्रकार दाबी गर्ने र सामाजका मूल्य(मान्यता भित्र घुसेर समाजलाइ नै प्रहार गर्ने युटुबेहरुको असामाजिक हर्कतका शृङखलाहरुले बिखण्डनको बिजारोपन भैइरहेको छ ।
श्रीमान(श्रीमतीको झगडामा सहभागी बन्ने, दुर्घटनामा बिरालो मारेको, भाले मारेको लजास्पद बिषयहरुमा घुस्ने,मुकेन्दे नामक मानसिक सुन्तुलन गुमाएका मनुवाहरुलाइ कभरेज गर्ने, आफुलाइ नेता भएको दाबी गर्ने पुन्य गौतम जस्ता बकम्फुसेहरुलाइ प्राथमिकता दिने बाहेक यिनिहरुको अर्को काम नै देखिएको छैन ।
सामान्य गरिबीलाई संबेदनशिल बनाएर देश बिदेशबाट पैसा लुटिरहेका युटुबेहरु के नेपालको बैधानिक कानुनलाई पालना गरिरहेका छन रु, के यिनिहरुको छानबिन हुनु पर्दैन रु समबन्धीत निकायहरुले अबिलम्ब ध्यान दिन जरुरी छ ।
सयोगका नाममा बिदेशबाट करौडौ रुपैया नेपालीहरुले पठाइरहेका छन अनि स्वदेशबाट समेत त्यतिकै सयोग भैइरहेको छ । के बिदेशबाट आयात भएको पैसा सबै सयोग भैइरहेको छ, कुनै सामाजिक सस्थालाई बिदेशबाट पैसा पठाइहालेमा छडके जाँच गर्ने तर युटुबेहरुको अबैधानिक तवरबाट पैसा असुलिरहेको दृश्यमा मुकदर्शक बन्ने समबन्धित निकायलाई नै सङ्का(उपसङका गर्न अबस्था सिर्जना भएको छ ।
सामान्य दुस्खलाई पहाड बनाएर अरुको दुस्खमा रजाइ गरिरहेका कथीत युटुबेहरुले दुस्खलाई नै कमाउने हतियार बनाइरहेका छन ।
बिकाउ हेडलाइन बनाएर अभाब र दुस्खको भिख मागिरहेका केही युटुबेहरुहरुको बितण्डाले नेपालमा खुलेका नया,पुराना युटुबहरुमाथी ध्यान दिने बेला आएको छ ।
पत्रकारिताका नाममा युटुबबाट पत्रकारिता जगतको नै बदनाम गर्ने अराजक युटुबेहरुमाथी समबन्धीत निकायले बेवास्ता गरिदिदा दिनदिनै मनोबल उच्च बन्दै गएको छ ।
महिनामा दर्शकहरुले हेरेको आधारमा कमाउने डलर र सयोगको नाममा आउने पैसाको लेखाजोखा गर्ने हो भने कतिपय युटुबेहरुले लाखौ कर छली गरिरहेका छन ।
अरुको सामान्य गल्तीलाइ पहाड बनाउने र आफ्ना गल्तीहरुलाइ लुकाएर पानीमाथीको ओभानो बन्ने छुट दिएर सरकारले नै साडे छोडेको हो भने त हाम्रो भन्नू केही छैन तर युटुब च्यानलहरुलाइ बैधानिक बनाएर मिडियाको जस्तै सेन्सर लगाउनु पर्ने अबस्था सिर्जना भएको छ ।
प्रेस स्वतन्त्रताको नाममा अनाधिकृत ब्यक्तीहरुको भिडलाइ लगाम लगाउन नसक्दा प्रेस स्वतन्त्रताको परिभाषा नै अप्रभंस भएको छ ।
एउटा क्यामरा, एउटा जिमेल आइडी बनाएर युटुब खोल्नासाथ कोहीपनी प्रेस स्वतन्त्रताको अधिकार पाउन सक्दैन । प्रेस स्वतन्त्रताको खिल्ली उडाउदै सस्था र ब्यक्तीमाथी निगरानी गर्ने अधिकार युटुबेहरुलाइ कस्ले दियो सबैभन्दा गहन प्रश्न खडा भएको छ ।