१७ असार, बर्दिवास । नेपाल उत्पिडन जातिय मुक्ती समाज महोत्तरीले रुपा सुनारमाथी भएको जातिय बिभेदलाई पक्षपोषण हुने गरि सिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले गरेको क्रियाकलाप दण्डनिय भएको भन्दै ध्यानाकर्षण जनाएको छ ।
जातिय विभेद समबन्धी ऐन ७ ९२० लाई समेत बेवास्ता गरी बिभेदमा सग्लन सरस्वती प्रधानलाई वचाउन खोजेको प्रती आपत्ती जनाउदै मन्त्री श्रेष्ठलाई हदैसम्मको कारवाहीको लागी माग गरिएको छ ।
आज इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख सुन्दर मास्केलाइ प्रधानमन्त्री केपी सर्मा ओलीलाई संवोधन गरिएको ज्ञापन पत्र बुझाउदै जातिय मुक्ती समाजले सार्वजनिक पद धारण गरेका मन्त्री श्रेष्ठ र पिडक भनिएकी अभियुक्त प्रधानलाइ कारवाही गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा नेपाल उत्पिडन जातिय मुक्ती समाजका केन्द्रिय सदस्य सन्त परियार, मीन रापाल, महोत्तरीका इन्चार्ज जितेन्द्र पासवान, स(इन्चार्ज प्रतिमा बिक लगायतले सयुक्त हस्ताक्षर गरेका थिए ।
यता इलाका प्रशासन कार्यलय बर्दिबासका प्रमुख सुन्दर मास्केले पनि ज्ञापन पत्रलाइ सकेसम्म चाडो समबन्धित कार्यलयमा पुर्याउने प्रतिबद्धता जनाएका छन ।