कमिसनको खेलमा स्वास्थ्य सामाग्रीहरु विग्रिदै


Deep Diamond

१२ असार,महोत्तरी। प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री विग्रिन थालेपछि सर्वसाधारणहरु स्वास्थ सेवा लिन बाट बञ्चित भएका छन ।
महोत्तरीको गौशाला नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे मेशिन सञ्चालन भएको एक महिनामा न वित्दै बिग्रिएर थन्किएको छ । लामो समय सम्म प्राविधिक अभावमा सञ्चालन नभएको डिजिटल एक्सरे प्रयोगमा आउन साथ बिग्रिएको उपकरण अझै सञ्चालन हुन सकेको छैन ।

नयाँ उपकरण खरिद गर्न सक्ने रकम कमिशनको लोभमा मर्मतमै खर्चिदा एक्सरे चल्न नसकेको गौशाला नगरपालिकामा कार्यरत प्रशासन तर्फका कर्मचारी बताउँछन् । एक्सरे बनाउने प्राविधिकलाई मर्मत गर्न नदिएर गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले कमिशन पाउने लोभमा बाहिरबाट अयोग्य सिकारु प्राविधिकबाट एक्सरे मर्मत गराउदा झन काम नलाग्ने भएको कर्मचारीले बताए । नयाँ उपकरण खरिदमा कमिशन कम आउने भएका कारण प्रशासकीय अधिकृत थापाले पुरानै उपकरण मर्मतमा बिग्रिदै नबिग्रेको एक्सेरको पार्ट्स समेत मर्मत र बदलेर तीन लाख ५० हजार भन्दा बढी रकम खर्चेका छन् ।

उपकरण सञ्चालन हुन सकेको छैन । पाँच लाखमा नयाँ एक्सरे मेशिन आउँछन । तर, थापाले नयाँमा कमिशन लेनदेन गर्न झन्झट हुने भएकोले पुरानै उपकरण मर्मतमा १ लाख भन्दा बढी कमिशन लिएको कर्मचारी श्रोतले जनाएको छ ।थापाले आफु अनुकुलका प्राविधिक लगाएर एक्सरे मेशिनमा फरक कम्पनीको पार्ट जडान गर्न तीन लाख खर्चेका छन, कर्मचारी श्रोतले भने,‘३ लाख खर्चेर फरक कम्पनीको पार्ट लगाउँदा एक्सरे मेसिन झन काम नलाग्ने अवस्थामा पुगेको छ ।’ कर्मचारीका अनुसार अधिकतम ५ हजारमा हुने एक्सरे मेसिनकालागि अर्थिङ्ग गर्न २० हजार खर्चिएको छ । अर्थिङ्ग काम लाग्ने अवस्थामा छैन ।

पटक पटक मर्मत, अर्थिङ्ग, पार्ट खरिदमा झण्डै ४ लाख नगरपालिकाले खर्च गर्दा पनि एक्सरे सञ्चालन हुन सकेको छैन । एक्सरे मेसिन सञ्चालनका लागि आवश्यक पर्ने बिधुत भोल्टेज नहुदा स्टेपलाइजर खरिद गर्न प्राविधिकले सुझाव दिएपनि अधिकृत थापाले कमिशन आउने काममा मात्रै ध्यान दिंदा प्राथमिक स्वास्थ्य केन्द्रको एक्सरे महिनौदेखि ठप्प छ । अस्पतालका स्वास्थ्यकर्मीले एक्सरे सञ्चालन गराउन माग गरेपछि मर्मतमा धेरै खर्च भएको भन्दै सेवा नै बन्द गर्न अधिकृत लागि परेको छ । कमिशनको पोल खुल्ने डरले उनले एक्सरे सेवा नै बन्द गर्न लागेको कर्मचारी बताउँछन् ।

 

गौशाला नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना मेडिकल अधिकृत भर्ना गरी स्वास्थ्य सेवा प्रभावकारी बनाएर र अगामी दिनमा स्वास्थ्य सेवा थप सुधार गर्ने नीति सार्वजनिक गरेपनि प्रमुख प्रशासकीय अधिकृत थापाले स्वास्थ्य सेवाबाट नागरिकलाई बञ्चित गर्न कमिशनको खेलमा लागेका छन् ।गौशाला नगरपालिकामा ३ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका शिक्षा समुहका उप सचिव थापा नगरपालिकाबाट संकलन गरेको कमिशन नेकपा माओवादीका नेताहरुलाई समेत बाँडदै आएका छन् ।

बर्दिबासकको आधारशिलाबाट संरक्षण पाएका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापा सवारी सुविधा र इन्धनमा पनि व्यपाक अनियमितता गरेको आरोप लागेको छ ।
स्रोत शिरीष न्युुज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको