पदमुक्त उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरु ओलीसँग छलफल गर्न बालुवाटार पुगे


८ असार,काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन्।

सर्वोच्च अदालतले संसद विघटन र चुनाव घोषणापछि गरिएको मन्त्रिपरिषद् विस्तारलाई अमान्य गर्न अन्तरिम आदेश दिएपछि पद पुगेका २० मन्त्रीहरु बालुवाटार पुगेका हुन्।

उपप्रधानमन्त्रीहरु रघुवीर महासेठ, राजेन्द्र महतो, मन्त्रीहरु खगराज अधिकारी, शरतसिंह भण्डारी,अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारदमुनि राना, गणेशकुमार पहाडी र मोहन बानियाँको पद सर्वोच्चको आदेशसँग गुमेको हो। त्यस्तै, राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरुङ र आशाकुमार विकको पनि पद गुमेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको