विभिन्न संस्थाहरु मिलेर गरे बर्दिवास अस्पतालमा स्वास्थ्य उपकरण हस्तान्तरण


३ असार,बर्दिवास । महोत्तरीको बर्दिबास अस्पतालमा स्वास्थ्य उपकरण र कोसेली प्रदान गरिएको छ ।
अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई विभिन्न संघसंस्थाहरुले मिलेर एकै साथ स्वास्थ्य उपकरण र कोसेली प्रदान गरिएको छ । लाइन्स क्लव अफ बर्दिबास महोत्तरीले अस्पताललाई पाँच थान वेड सेट सहयोग गरिएको हो ।

त्यसैगरि बर्दिवास नगरपालिका वडा नम्बर १ मा रहेको खुशी महिला बचत समूह बर्दिबासले ४२ जना स्वास्थ्यकर्मीहरुलाई चेवनपरास र सेनिटाइजर प्रदान गरेको छ ।
सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास महोत्तरीको पहल र युएनडिपीको अर्थिक सहयोगमा १६ लाख ५० हजार बराबरको ६ थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालालाई सहयोग गरिएको हो ।

बर्दिबास नगरपालिकाका मेयर तथा अस्पताल विकास समितिका अध्यक्ष विदुर कुमार कार्कीलाई दाताहरुले एक समारोहका बीच ती स्वास्थ्य समाग्री हस्तान्तरण गरिएका हुन् ।


खुशी महिला बचत समूह बर्दिबासले एकिकृत नमूना मुसहर बस्तीलाई ठूलो परिमाणमा हात धुने तथा नुहाउने साबुन , माक्स र सेनिटाइजर प्रदान गरेको छ ।
बस्ती र अस्पतालमा गरिएको सहयोग समारोहमा प्रदेश सभा सदस्य सारदा देवी थापा लगायतको उपस्थित रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको