ललन मण्डल ।
जन्ता माध्यामिक बिध्यालय बर्दिवासको जग्गामा रहेको मसलाका रुखहरु अभिभावकहरुसग सल्लाह नै नगरी मनोमानी ढङगले बेचेको भन्दै बिवाद सिर्जना भएको छ ।
बेच्ने बेला नभएका बिरुवा समेत क्युफिटको हिसाब गरेर बेचेको भन्दै अभिभावक तथा स्थानियहरुले मंगलबारदेखी ठेक्केदारलाइ रुख काटन अवरोध गरेका छन ।
ब्यवस्थापन समिती र प्रधानध्यापकको मिलोमतोमा एकलौटी निर्णय गरि कमिसनको लोभमा काटने समय नभएका भिक्सलाइ काटेर वातावरण नै उजाड बनाएको स्थानियको आरोप छ ।
जन्ता माध्यामिक बिध्यालयको नाममा रहेको ५ विघा १२ कठ्ठा जग्गामा २०७२ सालमा करिव ५ हजार मसलाका बिरुवा अभिभावक र बिध्यालयले बिध्यालय कै प्रयोजनका लागी लगाएका थिए ।
यता विद्यालयका प्रधानध्यापक दिलीप तिवारीले बिरुवाहरुमा वृद्धि विकाश नभएको कारणले ब्यवस्थापन समितीको निर्णय अनुसार नै माछा पोखरी बनाउने उदेश्यले रुखहरु बेचेको बताएका छन ।
बिरुवा संरक्षणकालागी मासिक २ हजार तलव दिएर पाले समेत राखिएको भएतापनी बिरुवाको वृद्धि बिकाश अपेक्षा गरेअनुसार नभएको कारणले माछापालनको बिकल्प खोजेको प्रधानध्यापक तिवारीको भनाइ छ ।
वडा, नगर र ब्यवस्थापन समितिले बिध्यालयको आयआर्जनकोलागी माछापालन गर्नुपर्ने निष्कर्ष निकालेपछी प्रकृया अनुसार नै रुखहरु क्युफिटमा बेचेका छौ । उन्ले भने ।
तर बिध्यालयले २ लाख ४० हजारमा बर्दिवास २ मा रहेको नव दुर्गा स( मिलका संञ्चालक महेश साहलाई स्थानिय, अभिभावकसँगको छलफल बिना नै ठेक्का दिएपछी स्थानियहरुले रुख कटानमा अवरोध गरेका हुन ।
जनप्रतिनिधि र प्रधानध्यापकको एकलौटी निर्णय मान्य नहुने भन्दै स्थानियहरुले कटानलाइ रोक्न जिल्ला बन कार्यलयमा निवेदन समेत दिएका छन ।
माछापोखरीको नाममा जनप्रतिनिधिसहितको मिलोमतोमा कोरोनाको समयमा रुखहरु कटान भएको बताउदै पुर्व ब्यवस्थापन समितिका अध्यक्ष देब नारायण महतोले कुनै पनि हालतमा रुखहरु कटान गर्न नदिने जिकिर गरे ।
माछा पोखरीको नाममा बालुवा, ढुङगा, गिटीबाट नाफा कमाउने उदेश्यले नगरप्रमुख बिदुर कार्की कै निर्देशनमा रुखहरु कटान गर्ने षडयन्त्र भएको पुर्व अध्यक्ष महतोको आरोप छ ।
तर बिध्यालयको आयस्रोतको लागी नै बिध्यालय ब्यवस्थापन समितीको निर्णय अनुसार नै रुख कटान गरेर माछापालनको लागी डिपिआर तयार गरिएको नगरप्रमुख बिदुर कार्कीको भनाइ छ ।
श्रोत -न्यूज मार्ग