हंगेरीमाथि पोर्चुगलको सानदार जित, रोनाल्डोको तीन कीर्तिमान


२ असार ,काठमाडौं । युरोपेली च्याम्पियनसिपमा साविक विजेता पोर्चुगलले विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३(० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई सानदार जित दिलाउनको लागि कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गोल गरे भने एक गोल राफाएल गुरेरोले गरे। तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ८४ औं मिनेटमा पोर्चुगलले अग्रता लियो । गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो ।

खेलको ८७ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए । हंगेरीका ओर्बानले राफा सिल्भालाई फल गरेपछि पेनाल्टी दिइएको थियो । प्राप्त अवसरमा रोनाल्डो चुकेनन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३(० को अग्रता दिलाए । राफा सिल्भाकै पासमा गोल गरेका थिए ।

योसँगै रोनाल्डोले तीन वटा रेकर्ड बनाएका छन् । उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बने भने लगातार पाँच युरोमा गोल गर्ने पहिलो खेलाडी बने । साथै उनी पाँच युरो कप खेल्ने पहिलो खेलाडी पनि बने ।

रोनाल्डोले सन् २००४ को युरोमा पोर्चुगल उपविजेता हुँदादेखि सन् २००८, २०१२ र सन् २०१६ मा उपाधि जित्दै यसअघिको कीर्तिमान बराबरी गरेका थिए ।

रोनाल्डोले युरोमा गोलसंख्या ११ गोल पुर्याए । यसअघि फ्रान्सका मिचेल प्लाटिनीसँग ९ गोलमा बराबर रहेका रोनाल्डोले २२ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । उनलाई फ्रान्सका एन्टोइन ग्रिजमनले ६ गोल गर्दै पछ्याइरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको