कोरोना भाइरस कसरी उत्पत्ति भयो पुरा पढ्नुहोस..


१३ जेष्ठ, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस कसरी उत्पत्ति भयो भन्नेकारे थप अनुसन्धान गर्न निर्देशन दिएका छन् । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।

सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको डेढ वर्षसम्म पनि रहस्यमय बन्दै गएको छ । अमेरिकी वैज्ञानिकहरुले यो भाइरस चिनियाँ प्रयोगशालाबाट फैलिएको दाबी गर्दै आएका छन् ।

राष्ट्रपति बाइडेनले कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न आफ्ना वैज्ञानिकहरुलाई निर्देशन दिएका हुन् ।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको बाइडेनको निर्देशनमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाले विश्वव्यापी समान विचारधारा भएका साझेदारहरूसँग पनि मिलेर काम गरिरहनेछ, ताकि पूर्ण दबाव, पारदर्शीता, प्रमाणमा आधारित अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन र सबै सम्बन्धित डाटा र प्रमाणहरूको पहुँच पुर्‍याउन चीनलाई दबाब दिन सकियोस् ।’

 

वुहानको जनावर बेचबिखन गर्ने एक बजारबाट फैलिएको भनिएको यो भाइरस चमेरोबाट मानिसमा सरेको अनुमान गरिँदै आएको छ । तर यसको पनि कुनै पुष्टि भएको छैन ।

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा जानकारी गराएको थियो । तर अमेरिकाले भने सूचना लुकाएको आरोप लगाएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको