जसपामा स्पष्टीकरण सोध्ने प्रतिस्पर्धा


९ जेष्ठ,काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालमा एक अध्यक्षको पक्षले अर्को अध्यक्षको पक्षलाई पार्टी हितविपरीत काम गरेको अभियोगमा स्पष्टीकरण सोध्ने प्रतिस्पर्धा चलेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीमा कुनै छलफलबिना नेपाली कांग्रेस र माओवादी केन्द्रसँग गठबन्धनमा सामेल भएर पार्टीको हितविपरित गतिविधि गरेको अभियोगमा यादव पक्षलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताइएको छ ।

तर, शनिबार बसेको यादव पक्षले भने ठाकुर पक्षलाई कारबाही गर्ने निर्णय गरेको थियो । यादव पक्षको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अझैँ पनि यस विषयमा यादव पक्षको कार्यकारिणी समितिको बैठक अझै जारी रहेको छ । तर, स्पष्टीकरण सोध्ने विषयमा भने अन्योलै रहेको देखिएको छ ।
न्यूूज २४


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको