धनुषामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन


९ जेष्ठ,धनुषा । धनुषामा संसद विघटनको विरोध गर्दै नेकपा (माओवादी केन्द्र) र जसपाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

आइतबार जनकपुरधामको शिव चोकमा प्रहरीको कडा सुरक्षालाई चुनौती दिदै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेको भन्दै आफूखुसी अध्यादेश ल्याएर मुलुकलाई द्वन्द्धमा धकेल्ने ‘कु’गरेको भन्दै तत्काल प्रतिगामी कदम सच्याउन माग गर्दै पुत्ला दहन गरेका हुन् ।

उनीहरुले आमजनताको स्वास्थ सुरक्षा सरकारले गर्न नसकिरहेको अवस्थामा गैरजिम्मेवार ढंगले आफ्नो सत्ता बचाउनका लागि ओलीले राष्ट्रपति भण्डारीलाई समेत खल्तीको रुमाल बनाएको आरोप लगाएका छन् । उनीहरुले कालो झण्डा समेत प्रदर्शन गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको