एक सातामा ४ जनाको मृत्यु : बर्दिवासका जनप्रतिनिधिहरु रमिता हेर्दै


६ जेठ,बर्दिवास । बर्दिवासमा एक हप्तामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
अस्पतालमा दैनिकि विरामीहरुको चाप बढदै गईरहेको र हामीलाई सेवा प्रदान गर्न कठिनाई भईरहेको बर्दिवास अस्पतालका मेडिकल अधिकृत सुुनिल दाहले बताए ।

उनका अनुुसार बर्दिवास अस्पताल महोत्तरी, सर्लाही र धनुषाका सबै पालिकाहरुको विरामी आईरहेको छ । अस्पतालमा अहिले २५ सैयाको अक्सिजन सहितको सेवा सुुचारु भएको छ । बैशाखको अंन्तिम सतामा सुुचारु भएको सेवामा अहिले सम्म हामीले सय भन्दा बढी विरामीको कोरोना बाट ज्यान बचाएका छांै ।

अस्पतामा भएको उपकरण र जनशक्तिले हामीले काम चलाईरहेका छौ । अस्पतालमा अहिले छ जना मात्र डाक्टरहरु २४ सैं घण्टा काम गरिरहेका छन । जसमध्य मे.सु. १ जना ,मे.अधिकृत १ जना, नर्सिङ्ग अधिकृत १ जना,स्टाफ नर्स ४ जना, अनमी ४ , का.स र सुुईपर रहेका छन ।
हाल बर्दिवास अस्पतालाई २४ सौ घण्टा सेवा सुुविधा दिनका लागि अस्पताललाई पारमेडिक्स ५ जना, नर्सिङ्ग स्टाफ ६जना, कार्यलय सहयोगि ४ जना , सुुईपर २ जनाको आवश्यक्ता रहेको छ ।
कोभिडको समयमा कर्मचारीलाई काम गर्न कठिनाई भईरहको छन । हामीले पटकपटक मेयर विदुुर कुमार कार्कीलाई कर्मचारी थप गर्न जानकारी गराउदाँ समेत वेवास्था गरिएको अधिकृत दाहले बताए ।

 

बर्दिबास अस्पतालाई कोभिड–१९ इमर्जेन्सी अस्पतालको रुपमा बनाईएको छ । कोरोना संक्रमित भएर बाँच्ने आशा बोकेर गाउँ–गाउँका मानिसहरु यहाँ आउने गरेको छ । तर, औषधी, उपकरण र डाक्टरको अभावमा संक्रमितहरुले ज्यान गुमाउन बाध्य हुनु परेको बर्दिवास १४ बस्ने शंकर फुुयालले बताए ।
बर्दिवास नगरपालिकामा अहिले पनि दैनिकी विरामीहरुको चाप बढदै गईरहेका छन । कोरोना रोकथाम व्यवस्थापनमा बर्दिवासका जनप्रतिनिधिहरुको पहल नगन्य मात्रामा देखिएको छ । अव बर्दिवास नगरपालिकामा कोरोना पोजेटिभ भ्यानक रुपलिन सक्ने अनुुमान गरेको बर्दिवास उधोग वाणिज्य संघका महासचिब भवनाथ खतिवडाले बताए ।

उनका अनुुसार बर्दिवास नगरपालिकामा पार्टी बन्द,हडतालको बेलमा यहाँका वडा अध्यक्ष र पार्टीका कार्यकर्ताहरु बर्दिवासको रोड,पसल,उधोग, विद्यालय लगायत सम्पूूर्ण सेवासुुविधा बन्द गराउन खुुलेयाम सडमा देखिने गरेको सम्पूूर्ण वर्दिवास वासिलाई थाहनै होला तर,यस्तो अवस्थामा यी वर्दिवासका वडाअध्यक्ष ,सदस्यहरु कुुनदुुलो भित्र पसेका छन भन्दै आरोप लगाए । उनले यदी बर्दिवास नगरवासिलाई समान्य अक्सिजन र भेन्टिलेरका कारणले ज्यान गयो भने यो सम्पूर्ण जिम्मेवरी नगर प्रमुुखले लिनुुपर्ने कुुरा महासचिब खतिवडाले टक नेपाललाई बताए ।

यता बर्दिवास नगरपालिका वडा नम्वर ३ का अध्यक्ष राजन ढुुङ्गानाका अनुसार बर्दिवास नगरपालिकाले गत वर्ष नै कोरोना व्यवस्थापन समिति बनाएका छन र हामी सम्पूर्ण वडा अध्यक्षहरु आ आफनो वडामा कोरोना रोकथाम र व्यवस्थापनमा तिव्र रुपमा काम गरिरहेका छौ ।

 

दैनिक रुपमा टोलटालमा अवलोकन गरि घरघरको स्वास्य अवस्था वारे टोल विकास समिति,राजनितिकर्र्मी मार्फत जनकारी गरिरहेका छांै । स्थानिय महिला स्वयमसेवीका मार्फत टोलटोलको अवस्था बारे र कोभिड लागेका विरामिहरुको अवस्था वारे स्वस्थय चौकीलाई जानकारी र वडा कार्यलयलाई जानकारी गराउन निर्देशन दिएका छौं । कोभिड लागेका विरामिहरुलाई वडा स्वस्थ्य केन्द्र मार्फत औषधी घरघरमा वितरण गराईरहेका छौ । होम आईसुुलेसनमा रहेका विरामीहरुलाई गाह्रो परेको खण्डमा २४ सैं घण्टा एम्वुुलेन्स सेवा प्रदान गरिएको अध्यक्ष ढुुङ्गानाले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको