१९ बैशाख , बर्दिवास ।
एमाले प्रवेश गरेका वडाध्यक्षमाथि नेकपा माओवादी केन्द्र ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमाले केपी समुहमा प्रवेश गरेका बर्दिबास नगरपालिका -७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरलाइ स्पष्टीकरण सोधेको हो ।
एमाले र माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले विघटन गरेपछि माओवादी नेता सुस्लिङ्ग मगर एमाले प्रवेश गरेका थिए । जिल्ला कमिटीको निर्णय अनुसार अध्यक्ष मगरलाइ २४ घण्टे प्रष्टिकरण मागेको माओबादी केन्द्रका केन्द्रिय सदस्य राजु खडकाले जानकारी दिए ।
पार्टी छाडेर नेकपा एमालेको भेला, बैठकमा सहभागी भएको पाइएपछि स्पष्टीकरण सोधेर कारबाही अघि बढाइएको माओवादी केन्द्रले जनाएको छ । पार्टीमा फिर्ता नभए सदस्यबाटै हटाएर पदमुक्त भएको जानकारी निर्वाचन आयोगलाई गराइने खड्काको भनाइ छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत कार्य गरेकाले स्पष्टीकरण सोधेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।
यता नेकपा एमाले केपी समुहमा प्रवेश गरेका वडा अध्यक्ष सुस्लिङ्ग मगरले आफ्नो स्पष्टीकरण तयार गरिसकेको र कस्लाइ बुझाउने भन्नेमा भने दुबिधा रहेको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटस सार्वजनिक गरेका छन ।