
११ बैशाख,महोत्तरी । पूर्व पश्चिम राजमार्गस्थित बर्दिबास महोत्तरीको गौशाला नगरपालिका ११ स्थित मरहा खोलाको पुलभन्दा दक्षिण जंगल क्षेत्रबाट बरुवा बन्दुक सहित दुई जना सिकारीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका– १ को ३९ बर्षीय सोम मगर र गौशाला नगरपालिका –७ का ५६ बर्षीय कृष्णबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी बीरेन्द्र थापाले जानकारी गराएका हुुन ।
उनिहरुको साथबाट १ थान भरुवा बन्दुक, एक सय ग्राम बारुद, केही फलामका छरा र ज ७ प ३३२९ नमबरको मोटरसाइकल बरामद गरिएको इन्स्पेक्टर बालिस्टर सिंहले जनाएको छ ।पक्राउ परका सिकारीहरुमाथि अबैध खरखजाना शीर्षकमा अनुसनधान थालिएको छ ।