प्रतिगमनको विरोधमा उत्रिने दलहरुको संयुक्त सरकार बन्नु पर्छ ः पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेल


जलेश्वर 

महोत्तरीको जलेश्वरमा नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवस तथा लेनिनको १५१ औ जन्मजयन्ती मनाइएको छ । नेकपा माओवादी केन्द्रका स्थाइ कमिटी सदस्य गिरिराजमणी पोखरेलको उपस्थितमा कार्यक्रम आयोजन गरिएको हो ।

संसारका मजदुरहरु एक हौं भन्ने नाराका साथ पार्टिको स्थापना दिवस मनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले हालै निर्वाचित नेपाल पत्रकार महासंघ महोत्तरी कार्य समितिलाई सम्मान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य इन्दु शर्माले केपि ओलिको दम्भका कारण देश गम्भीर मोडमा पुगेको छ । सत्य र तथ्यका आधारमा समाचार लेख्न उनले अनुरोध गरिन ।

नेकपा एमाले माधव समुहका महोत्तरी जिल्ला अध्यक्ष बिजय चौधरीले मानवले मानव भएर सोचे समाजको समस्या सामाधान हुने उनले बताए ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य राम कुमार शर्माले व्यस्थित पार्टी नभएकोले कम्युनिस्ट आन्दोलन कमजोर भएको बताए । संघिय सरकारले प्रदेश सरकारको अधिकारको बन्धयाकरण गरिदिएको उनले बताए । केपि बिदेशीको दलाल बनेर सबिधानको ध्वस्त बनाइरहेका उनले बताए ।

पार्टिका केन्दिय सदस्य प्रकाश पोखरेलले चिरा परेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिएका दिए।
नेता गिरिराजमणि पोखरेलले लेनिनलाइ पढ्न सबैलाइ अनुरोध गरे । प्रतिगमनको विरोधमा उत्रिने दलहरुको संयुक्त सरकार बन्नु पर्ने अहिलेको आवश्यक्त्ता रहेको उनले बताए  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको