
वैशाख, ६ काठमाडौं ।
सरकारले सार्वजनिक सवारीको भाडा बढाउन गृहकार्य थालेको छ । यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थ र सवारीजन्य पार्टपुर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर भाडा बढाउन सरकारलाई वैशाख १५ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
सोही कारण भाडा बढाउनेबारे यातायात व्यवस्था विभागका महानिर्देशक नेतृत्वको वैज्ञानिक भाडा समायोजन गर्ने समितिको बैठक मंगलबार बस्दैछ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार समिति बैठकमा सार्वजनिक सवारीको भाडाबारे छलफल हुनेछ ।