
विजय साह , धनुषा ।
बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी स्थानीयहरु धर्नामा बसेका छन् । कमिसन बापत लिएको ८ लाख रुपैँया गाडीबाट फालेर फरार भएका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै स्थानीयहरु धर्नामा बसेका छन् ।
विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् । सोमबार साँझ धनुषाको महेन्द्रनगरबाट कमिसन बापत ८ लाख रुपैँया लिएर बटेश्वर तर्पm आउँदै गर्दा अख्तियार दुरुपयो अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंकालबाट खटिएको टोलीले गाउँपालिका अध्यक्ष सवार गाडीलाई पछ्याउँदै औरही पुलको छेउमा अध्यक्ष राउतले पैसाको पोका फालि गाडिबाटै हाम फालेर फरार भएका थिए ।
बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन् ।
एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैँया बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिती तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन् ।
कमिसनबाटै आफन्तको नाउमा करडौँ रुपैँया बराबरको जग्गा, घडेर तथा घर ठडयाएको धर्नामा बसेकाहरुले दावी गरे