राष्ट्रपतिद्वारा प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त


७ फाल्गुन ,काठमाडौँ । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा ( १०) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ ।
यसैबीच प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा झालाई नियुक्त गरेकी हुन् ।

उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२०) बमोजिम रौतहटका झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखबाट तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको