प्रदेश नं २ मा दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन:मुख्यमन्त्री लालबाबु राउत


२३ माघ, जनकपुर । दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन ।

जनकपुरधाममा आयोजना गरेकोसमता फाउण्डेशनले समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिम लगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५–१० वर्षपछि समाजले अनूभूति गर्ने बताए ।

संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको