बल प्रयोग गर्दै प्रहरीले खुलायो राजमार्ग


बल प्रयोग गर्दै प्रहरीले खुलायो राजमार्ग

 २२ माघ , महोत्तरी । प्रहरीले लाठी चार्ज गर्दै महोत्तरीको बर्दिबासमा आन्दोलनकारीले विहान देखि बन्द गरेको राजमार्ग खुलाएको छ । बिहानैदेखि प्रचण्ड र नेपाल पक्षका नेकपाका कार्यकर्ताहरुले पूर्व –पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गराएका थिए । एसपी, डीएसपी नेतृत्वको टोलीले बल प्रयोग गर्दै राजमार्ग खुलाएको छ ।प्रहरीले स्कटिङ्ग गरेर गणतब्य तर्फ सवारीसाधनलाई पठाइरहेका छन् ।

बर्दिबास बन्द गराउन नपाईने भन्दै केपी पक्षका कार्यकर्ता र स्थानीयहरुले नाराबाजी गर्दै बन्द सडक खुलाउन प्रहरीलाई दबाब दिएका थिए । ५ घण्टादेखि राजमार्ग बन्द खुलाउन प्रयासरत रहेका प्रहरी टोलीले त्यसपछि लाठी चार्ज गर्दै सडक खुलाएको हो ।

संसद विघटन र संवैधानिक आयोगहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधाननिक कदम विरुद्ध प्रचण्ड र माधव पक्षका नेकपाका कार्यकर्ताहरुले बर्दिबास सहित देशैभरी आमहड्ताल गरेको छ । प्रहरी र आन्दोलनकारी बीच भएको झड्पमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चुडामणी पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ । वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

बिहानैदेखि आन्दोलनकारीले बर्दिबास बजार, कलकरखाना, शैक्षिक संस्थाहरु बन्द गराएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको