
रेनु भुजेल , १८ माघ,धनगढी । लागुऔषध चरेशसहित कञ्चनपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
जिल्लाको बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहारको घरमा छापामार्दा ३.१८० मिलिग्राम चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यस्तै सोही ठाउँका गोपाल चन्दको पसलबाट १०.८६० मिलिग्राम चरेश बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको निरीक्षक शाहीले बताए।