राजारामको घरदैलो कार्यक्रममा निर्वतमान नगरप्रमख हरिनारायण सहभागी भएपछि कार्यकर्ता उत्साहित


ढल्केवर, धनुषा

धनुषास्थित मिथिला नगरपालिकाको नेकपा एमालेबाट नगर प्रमुखका प्रत्यासी उम्मेदवार राजाराम महतोसँगै निर्वतमान नगरप्रमुख घरदैलो कार्यक्रममा सहभागी भएपछि कार्यकर्ताहरु उत्साहित देखिएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका निर्वतमान नगर प्रमुख हरिनारायण शुक्रबार मिथिला नगरपालिका वडा नं. ७ मा भएको घरदैलो कार्यक्रममा सहभागी भएका थिए । मतदातासँग मत माग्न गएको आइतबारबाट राजारामले घरदैलो अभियान सुरु गरेका थिए । घरदैलो अभियान शुभारम्भमा केही समयका लागि निर्वतमान नगर प्रमुख सहभागी भएपनि त्यसयता उनी राजारामले गरेको घरदैलो कार्यक्रममा सहभागी जनाएका थिएन् ।

घरदैलो कार्यक्रममा निर्वतमान नगरप्रमख सहभागी नहुँदा खिन्नता महसुश गरिरहेका थिए । अब भने उनको सहभागिताले समर्थक तथा उम्मेदवारहरु प्रफुल्लित देखिएका छन् ।

दोस्रो पटक नगर प्रमुखको उम्मेदवार बनाउन स्थानीय कार्यसमिति, जिल्ला र प्रदेशसमेत निर्वतमान निर्वतमान हरिनारायणको नाम सिफारिस गरेपनि मनोनयन दर्ताको अन्तिम दिनमा केन्द्रीय नेतृत्वले पार्टीको टिकट एमालेकै अर्का कार्यकर्ता राजाराम दिएको थियो ।

अन्तिम समयमा आएर टिकट अर्कैलाई दिएको भन्दै पार्टी नेतृत्वसँग रुष्ट हुँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि पार्टी नेतृत्वसँगको छलफल पश्चात पार्टीले टिकट दिएका राजारामलाई नै सघाउने भन्दै उनले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको