गठबन्धनको विपक्षयमा नेपाली काँग्रेश बर्दिबास नगर समिति


नेपाली काङ्ग्रेस बर्दिबासले गठबन्धन नगर्ने निर्णय गरेको छ । नजिकिदै गरेको आसन्न निर्वाचनमा गठबन्धन गरेर पदिय भागबण्डा गर्दा सिङ्गो नेपाली काङ्ग्रेसमा प्रतिकुल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो ।

नेपाली काङ्ग्रेसले स्थानिय तहमा आवस्यक्ता अनुसार अन्य राजनैतिक दलसँग गठबन्धन गर्न सकिने भन्ने निर्देशनमाथी छलफल गर्दा कुनैपनी दलसँग गठबन्धन नगर्ने निर्णय गरिएको नेपाली काङ्ग्रेस नगर सभापति युवराज पोखरेलले जानकारी दिए ।

आजै बर्दिबास नगरसमितिले उक्त निर्णयलाइ केन्द्रिय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र न.१(क) कार्यालय बर्दिबासलाइ पठाएको छ । नेपाली काङ्ग्रेस बर्दिबास आत्मनिर्भर र उच्च मनोवलका साथ एक्लै प्रतिस्पर्धा गर्ने र अन्य कुनैपनी राजनितिक दलसँग गठबन्धन गर्न नसकिने सर्वसम्मत निर्णयमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको