बर्दिबासबाट दाँतका नक्कली डाक्टर पक्राउ


बर्दिवास, । महोत्तरीको बर्दिबासबाट दाँतका नक्कली डाक्टरलाई पक्राउ परेका छन् ।

उनलाई ईलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक बालिष्ट सिंहले बताए ।

दुई वर्ष अघि उनले धनुषा मिथिला नगरपालिका वडा नं.–९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए । डाक्टर हुँ भन्दै उनको दाँत उखेल्दा अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको थियो ।

‘उनले दाँत दुखदा साँझा कान्तिपुर डेन्टल प्र.लि. मा आएर आएकी थिइन् । प्रतिदावी दिलिपले आफु चिकित्सकको प्रमाण पत्र नै नभएको व्यक्ति आफु डाक्टर हुँ भनि उनको दाँत उखेलेका थिए । अत्याधिक रक्तश्राव भएर उनको मृत्यु भएको थियो’, प्रहरी निरीक्षक सिंहले बताए ।

घटनापछि फरार रहेका नक्कली डाक्टर दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी पश्चात पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको