देबराज तामाङ
३ चैत्र,महोत्तरी । होली पर्वको दिन जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरीले जिल्लाका विभिन्न स्थानमा चेकजाचमा कडाइ गरेको छ ।

आज बिहानैदेखि सडक, चोकमा खटिएका ट्राफिक प्रहरीले दर्जनौँ मोटरसाइकल तथा स्कुटरलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरीले जनाइएको छ ।

तराई प्रदेशमा दुई दिन मनाईने होलीको यो विसेष चाडपर्वका बेला मापसे सेवन गरेर तथा लाइसेन्सबिना र नियम विपरीत चलाइने सवारी साधनका कारण दुर्घटना हुन सक्ने विषयलाई मध्य नजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय महोत्तरीले चेकिङमा कडाइ गरेको कार्यलय प्रमुख राजु प्रसाद ढकालले जनाएको छ ।











