संचारकर्मी खान र व्यापारी नसरुल्लाहको पहलमा निशुल्क आंखा जाच शिविर बकौलीमा


२४ माघ,कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर‌ नगरपालिका वड़ा १० को श्री राष्ट्र सेवक आधारभूत १ ५ विद्यालय बकौलीमा भोली माघ २५ गते मंगलवारका दिन निशुल्क आंखा जाचं शिवीर हुन गई रहेको छ।

संचारक्रमी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति संघ, छन्द ९कालेबाबु० नारायणी आंखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा निशुल्क आंखा जाचं शिवीर हुने छ

आंखा जाचंको क्रममा छनौट भएका मोतियाबिंद विरामीहरुलाई छन्द कालेबाबु नारायणी आंखा अस्पताल बहादुरगंजमा माघ २६ गते लैजाने व्यवस्था र निशुल्क आप्रेशन गर्ने कार्य अस्पतालले गर्नेछ भने आवश्यकता अनुसार नजिकको चश्मा लाग्ने बिरामीलाई निस्शुल्क चश्मा पनि उपलब्ध गराउने कुरा छन्द कालेबाबु नारायणी आंखा अस्पताल प्रशासनले जनाएको छ।

                              


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको