गुँडिरेहेको बोलेरोमा ढुंगा खस्दा ३ जनाको मृत्यु


९ माघ । ओखलढुंगामा गुँडिरेहेको बोलेरोमा ढुंगा खस्दा ३ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ३ नारायणस्थानस्थित डोजरले पहाड सम्याउँदा खसेको ढुंगाले को १ ज ३५६९ नम्बरको बोलेरोलाई किचेको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का युषक कोइराला, युनिषा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का हेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर अन्य थप ३ जना घाइते भएका छन् ।

घाइते दुईजनालाई उपचारका लागी काठमाडौं पठाइएको र एकजनाको ओखलढुंगामा नै उपचार भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको