महाराजगन्जमा प्रहरीले तपाईको मास्क खोइ ? अभियान संचालन तस्बिर सहित


धनी राम कोरी

७ माघ । विश्व मा फैलिएको कोभिड १९ अर्थात कोरोना भाईरसले हाम्रो देश नेपालमा पनि अछुत भने रहेको छैन यही अवस्थालाई मध्यनजर गरी इलाका प्रहरी कार्यालय महाराजगन्ज ले तपाईको माक्स खै ? अभियान संचालन गरेको छ ।

महाराजगन्ज लगायत अन्य ठाउँ ठाउँमा माक्स वितरण लगायत जनचेतनामूलक संदेश पनि दिएर आम जनताहरुलाई कोभिड १९ बाट बचाउन को लागि आफ्ने तर्फबाट प्रहरीले सक्रिय रुपमा काम गरिरहेको महाराजगन्ज का प्रहरी नायव निरीक्षक नीम बहादुर खत्रीले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी ले तपाईंको माक्स खोई भन्दै महाराजगन्ज क्षेत्र लगायत अन्य चोक चोक मा माक्स नलगाएर हिड्ने व्यक्ति , बालबालिका , महिला, बृद्वबृद्वाहरुलाई माक्स वितरण गरिरहेको छ ।

कोभिड १९ बाट बच्न को लागि माक्स को प्रयोग अनिवार्य रुपमा गर्नु पर्छ , साबुन पानी ले नियमित रुपमा हात धुने , सेनिटाइजर को प्रयोग नियमित रुपमा गर्ने, सामाजिक दुरी कायम गर्ने , भिडभाड नगर्न को लागि इलाका प्रहरी कार्यालय महाराजगन्ज का प्रहरी नायव निरीक्षक खत्रीले अनुरोध समेत गर्नु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको