कृष्णनगर नगरपालिका को सातौं नगरसभा सम्पन्न: बालविकास सहजकर्ताको तलब बढाइयो


६ माघ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिका को सातौं नगरसभा आ. बर्ष 0७८ र ८९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह कार्यपालिका सदस्य सचिव कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, वडाध्यक्षहरू, सदस्यहरू, कर्मचारी, पत्रकार लगायतको उपस्थितमा सातौं नगरसभा सम्पन्न भएको छ ।

कार्यक्रमको औपचारिक उद्घाटन नगर प्रमुख शाहले दिप प्रज्वलन गरि कार्यक्रममा शुभकामना मन्तव्य वडाध्यक्ष छेदी प्रसाद यादवले राख्नुभयो कार्यक्रममा मध्यावधि बजेट समिक्षा लेखा शाखाकी सन्जु अचार्य ले आय व्यय प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की ले नगरपालिका भित्रका प्रमुख समस्या हरूको अवगत नगर प्रमुख शाहलाई गराउनु भयो ।

बालविकास सहजकर्ता तथा विद्यालय सहयोगी र विद्यालय कर्मचारीको तलब संघिय सरकारले तोकेबमोजिम नगरपालिका ले गर्ने बताउदै नगर भित्र विकास का हरेक सम्भाव्यता को पहिचान गरि नगर विकास गरिने बताउदै कृष्णनगर मा व्यवस्थित वसपार्क का लागि आजै कार्यपालिका को बैठक बाट कार्यविधि बनाई अगाडि बढ्ने कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।

कार्यक्रममा वडाध्यक्ष संजय कुमार गुप्ता, मोबिन खान ले आ आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रम संचालन इश्वरी प्रसाद पौडेलले गर्नुभएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको