२२ मंसिर । प्रदेश २ को सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डल बीच आज मंगलवार बाझाबाझ हुनुको साथै कुटाकुट नै भएको छ ।
अध्यक्ष र उपाध्यक्ष बीच झगडा र कुटपिट हुँदा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिए को छ भने उपाध्यक्षको पन हातमा चोट पटक लागेको छ ।
गाउँ कार्यपालिकाक बैठकमा गहुँको बिउ वितरण गर्ने वषियमा छलफलको क्रममा दुई जना बीच विवाद उत्पन्न भएको थियो । सोही क्रममा अध्यक्ष र उपाध्यक्ष बीच बाझाबाझ हुँदा हुँदै हात हालाहाल नै भएको वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
वडा अध्यक्ष यादवले भने, म पन बैठकमा सहभागी थिए, छलफल समान्य रुपमा नै भइरहेको थियो । तर गहुँको बीउ वितरणको सन्दर्भ अध्यक्ष र उपाध्यक्ष बीच विवाद भई कुटाकुट हुन थाल्यो , कुटाकुटको क्रममा अध्यक्ष ज्यूको दुई वटा दाँत नै भाचिए छ ।
’उपाध्यक्ष मण्डलले गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला अध्यक्षले नजिकै आएर अपशब्द प्रयोग गरेपछि आफूले कुर्सी उठाएको स्वीकार गरिन । अध्यक्ष ज्यूले अपशब्द प्रयोग गर्न थालेपछ मैले प्रतविाद गरे र सोही क्रममा मैले कुर्सी पन उठाए उनले भनिन् तर मलाई थाहा थएन उहाँको दाँत भाचिय भनेर ।
यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्ष वविाद भएको कुरा बुझिएको बताए । घटनापछि उहाँहरु आ(आफ्नो घरतरि लाग्यो भन्ने कुरा जानकारी आयो । यद्यपी, उहाँहरुबाट प्रहरीमा कुनै जानकारी नभएको डीएसपी काफ्ले बताए।









