महोत्तरीमा स्मार्ट क्लास रुमको उदघाटन


मनोज झा मुक्त्ति

२१ मंसिर,महोत्तरी। महोत्तरीको मटिहानी स्थित याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापीठ क्याम्पस मटिहानीको नव निर्मित भवनमा क्याम्पसका प्राचार्य वीरेन्द्र कुमार लालले रिवन काटेर “स्मार्ट क्लास रुम”को उदघाटन गर्नु भयो ।

लक डाउन वा विशेष परिस्थितिमा विद्यार्थीको पढाइलाई निरन्तरता दिन अनलाइन कक्षा संचालन गर्न स्मार्ट क्लास रुमको व्यवस्थापन गरिएको प्राचार्य लालले बताउनु भयो ।

नेपाल संस्कृत विश्वविद्यालयद्वारा उपलब्ध गराइएको बजेट रु।४ लाख २५ हजार मध्ये रु।४ लाख १८ हजारमा स्मार्ट क्लास रुमको निर्माण गरिएको उनले जानकारी गराए ।

स्मार्ट क्लास रुममा कम्प्युटर(१ थान,प्रोजेक्टर(१ थान, ल्यापटप(२ थान, इन्भर्टर(१ थान, ठूलो खाले ब्याट्री(२ थान, व्हाइट बोर्ड(१ थान, फ्याक्स,स्क्यानर,प्रिन्टर,फोटोकपी रहेको मेशिन(१ थान लगायतका सामाग्री रहेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पसकोरुपमा रहेको महोत्तरीको मटिहानी स्थित विद्यापीठ क्याम्पस०मा शास्त्री९स्नातक० र आचार्य स्नातकोत्तर को पढाई हुँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको