असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ । शिक्षा परिक्षा पास गर्नु, डिग्री अनि जागिर हासिल गर्नु, विवाह गर्नु, जीवन व्यतित गर्दै जानु मात्र होइन । अझ बढि, चराहरूको आवाज सुन्न सक्नु, निलो गगनलाई नियाल्न सक्नु, वृक्षहरूको अदभूद सुन्दरता अनी पहाडहरूको आकृती देख्न सक्नु, र तीनिहरूसँग प्रत्यक्ष सम्पर्क गाँसि उनीहरूलाई अनुभूत गर्न सक्नु पनि शिक्षा नै हुन् ।
शिक्षाको बिऊले गर्दा नै हामी आज यस अवस्थासम्म आइपुग्न सकेका छौं । शिक्षाबाट प्राप्त भएको त्यो ज्ञानलाई सही तरिकाले प्रयोग गर्दै हुर्काउन सक्यौं भने, पक्कै पनि हामीले सकारत्मक र समृद्ध समाज निर्माण गर्न सक्छौं ।
यहाँ शिक्षा सम्बन्धि १२ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केही ज्ञान दिन्छन् ।
१। शिक्षामा गरिएको लगानीले सबैभन्दा राम्रो प्रतिफल दिन्छ ।
२। शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।
३। शिक्षा भनेको भविष्यको लागि पासपोर्ट हो । आज राम्रो तयारि गर्नेहरुको नै भविष्य राम्रो हुन्छ ।
४। सिकाइ र शिक्षाको लागि रुची बनाइराख्यौ भने तिमीलाई अगाडी बढ्नको लागि कसैले रोक्न सक्दैन ।
५। शिक्षाको जरा तितो हुन्छ, तर फल सबैभन्दा मीठो हुन्छ ।
६। शिक्षा जीवनको लागि तयारि होइन, शिक्षा स्वयम् जीवन हो ।
७। मसँग त्यस्तो विशेष क्षमता केही पनि छैन । मात्र म नयाँ कुरा जान्न र बुझ्नको लागि सधै उत्सुक रहन्छु ।
८। आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज । ऊ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।
९। जो व्यक्तिले धेरै पढ्छ, तर आफ्नो दिमाग भने थोरै मात्र प्रयोग गर्छ भने ऊ विचारको कुरामा अल्छी बन्छ ।
१०। जसले विद्यालय खोल्छ, उसले जेलको ढोका बन्द गर्न मद्दत गरिरहेको हुन्छ ।
११। शिक्षा भनेको बाल्टिन भर्नु होइन, आगो सल्काउनु हो ।
१२। असल शिक्षा, आत्मा सुन्दर बनाउने वास्तुकला हो ।










