५ असोज, महोत्तरी । महोत्तरीको बर्दिबासमा विश्व शान्ति दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संयुक्त दलित संजालले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै संञ्जालका सदस्यहरुले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए। रक्तदान कार्यक्रममा संजालका सम्पुर्ण सदस्यहरुले रक्तदान गरेका छन् ।

संजालका अध्यक्ष मकर बहादुर बिश्वकर्माले रक्तदान जीवनदान हो यदि कसैको शरीरको रगत दानले अर्को मानिसको जीवन बाँच्छ र आफुलाई पनि फाइदा र धर्म हुन्छ भने किन रक्तदान नगर्ने ? त्यसैकारण रक्तदान गर्नु जीवनदान गर्नु हो भन्दै सबैलाई रक्तदान गर्न आग्रह समेत गरे ।




















