१३ भदौ,सिरहा । अविरल वर्षा नरोकिए पछि बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् ।
घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिनुभयो । स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप छ ।
यसैगरी मैनावती खोलामा आएको बाढीले गोलबजार नगरपालिका–९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान ९कबरिस्तान० बगाएको र मदर्सामा समेत क्षति पु¥याएको छ ।
पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेको स्थानीयवासी रामनारायण ठाकुरले जानकारी दिनुभयो ।
बाढी पिडितलाई सिरहाका सिडियो प्रदिपराज कणेलले विपत व्यवस्थापन कोषबाट राहत प्राद गरेका थिए ।



















