प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त


११ भदौ,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २६७ को उपधारा ९ ५० बमोजिम मन्त्रीपरिषद्‌को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम जिम्‍मेवारी सम्‍हाल्दै आएका बालाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त हुँदैछ । पदावधि समाप्त हुने एक महिना अघि अर्थात साउन २५ गतेदेखि उनी घरविदामा बस्ने हुनाले जेष्ठताका आधारमा शर्मा कायममुकायम प्रधान सेनापति तोकिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको