दुरसँचार प्राधिकरणबाट महोत्तरीका राय सम्मानित


महोत्तरी : नेपाल दुरसँचार प्राधिकरणले महोत्तरीका एक युवक सम्मानित भएका छन् ।

महोत्तरीका युवक राजेश कुमार रायले एनसेलको एपमा देखिएको समस्यालाई प्राधीकरणलाई समयमै जानकारी गराएको भन्दै उनलाई प्रशँसा पत्र प्रदान गरिएको छ ।

दुरसँचार प्राधीकरणले रायलाई एक पत्र लेख्दै चलानी नम्बर ७८६ को अनुसार एनसेल एपको एकाउण्ड फिचरसँग कमी कमजोरीको बारेमा प्राधीकरणलाई इमेल मार्फत गुनासो गरेको भन्दै प्रशँसा पत्र दिएको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा पटौली बस्ने राजेश कुमार रायले गत २७ जुलाईमा एनसेलको एपमा भएको कमजोरीको बारेमा गुनासो गरेका थिए । एपमा देखिएको गोपनीयताको विषयको कमी कमजोरीको बारेमा पत्ता लगाएर उनले प्राधीकरणलाई जानकारी गराएको थियो ।

सोही गुनासोको आधारमा प्राधीकरणलाई सहयोग गरी योग्दान पुरयाएको भन्दै रायलाई प्रशँसा पत्र प्रदान गरिएको नेपाल दुरसँचार प्राधीकरणका उपनिर्देशक रोजा किरण वासुकलाले जानकारी दिइन् ।

केही दिन अगाडी मात्रै नेपाल टेलिकम मा अरु को ब्यालेन्स र डाटा जो कसै ले जो कसै को  हेर्न सकिने कमजोरी पत्ता लगाइ नेपाली टेलिकम लाई सचेत गराएको थियो। र टेलिकम ले तुरुन्तै आफ्नो कमजोरी सुधार गरेको पनि थियो।

आईटी क्षेत्रमा कार्यरत रायले अन्य विभिन्न निकायको कमी कमजोरीलाई प्राधीकरणसम्म पुरयाउने कार्य गर्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको