प्रदेश १ को मुख्य मन्त्री बने आचार्य


११ भदौ,विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीका रूपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् । अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ ।

विराटनगरको होटल एसियाटिकमा बिहीबार बिहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई बिहीबार नै मुख्यमन्त्रीको शपथ गराइएको हो ।

संविधानको धारा १६८ १ अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले बिहीबार प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले शपथ लिएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको