रातू नदीको तडबन कटान हूदा तिलगढ बस्ती नै डुवानमा


११ भदौ,महोत्तरी। रातू नदीको तडबन कटान हूदा महोत्तरीको बल्बा नगरपालिका वडा नं.४ तिलगढ बस्ती नै डुवानमा परेको छ ।

बाढी बस्तीमा पुग्दा झण्डै ९ सय घर डुबानमा परेको छ ।
बाढीले एउटै वडाका विभिन्न ठाउँमा ४ सय मिटर जति तटबन्ध भत्काएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

जनप्रतिनिधि सशस्त्र प्रहरी र नेपाल प्रहरीले समन्वय गरेर स्थानीयको उद्धारमा जुटेको उनले बताए । दुई दिनदेखि अभिरल बर्षाका कारण रातु खोलामा पानीको बहाब भढदा बाँध भत्केको हो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको