१० भदौ, सुनसरी। राष्ट्रिय प्रजातन्त्र पार्टी धरान कार्यसमितिले बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शुद्धीकरणको नाममा शिक्षक, कर्मचारीले गरेको आन्दोलनप्रति ध्यानाकर्षण जनाएको छ । नगर कार्यसमितिले बिहिवार बिज्ञप्ती जारी गर्दै आन्दोलनको कार्यक्रम ७२ दिन पुगिसकेको हुँदा सम्बन्धित पक्षलाई सुनुवाइको माग गरेको हो ।
नगर अध्यक्ष नवीन पराजुलीले जारी गरेको बिज्ञप्तीमा प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह तथा शैक्षिक कार्यक्रममा पछिल्लो केहि समययता स्थापनाकालको तुलनामा कमी आइरहेको बेला कर्मचारीबीचमा भएको असमझदारीले अझ प्रतिष्ठानको ख्यातीमा दाग लागेको ठहर गरेको छ ।
यहाँको बिसंगती र बिकृतीबारे धरानका मेयरसहितको सरोकारवाला टिमले मन्त्रालयमा ध्यानाकर्षण गरी काठमाडौबाट फर्किसकेको भएपनी आन्दोलनको मागले सार्थकता पाएको छैन ।
बिज्ञप्तीमा भनिएको छ, ुप्रतिष्ठानबाट संकलित प्रमाण र फायलहरुको अध्ययनबाट देखिएका ब्यहोरा र समितिहरुले स्वास्थ्य मन्त्रालय र कुलपति कार्यलयमा पेश गरेको गर्ने प्रतिवेदनको आधारमा दोषीलाई कडा कार्वाही गर्न माग गर्दछ ।
आन्दोलनमा उठाइएका विषयहरुको सम्बन्धमा सबै आधिकारिक निकाय, कुलपति, सहकुलपतिहरु जानकार भइरहेको अबस्थामा कार्वाहीको माग गर्दै आन्दोलनकारीले पदाधिकारीको कार्यकक्षमा हालसम्म तालाबन्दी गरेको सन्दर्भमा राप्रपाको ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ ।










