१० भदौ, महोत्तरी । दुई दिनदेखि महोत्तरीमा निरन्तर पानी परेका कारण जिल्लाका आधा दर्जनभन्दा बढी खोला बाढीको बेग बडेको छ ।
बुधबार बिहानदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाका रातू , विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।
अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढी आको छ भने जिल्लाका धेरैजसो ठाउँमा बाढी पस्ने खतरा बढेको स्थानीयवासी बताउँछन् । नदीमा आको बाढी जिल्लाका नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।
वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित बनाउँदै आएको कुरालाई मध्य नजर गर्दै स्थानीयवासीले नदीमा आएको बाढीलाई देखेर सुरक्षाका व्यवस्थाको जोहो गर्न थालेका छन् ।
विभिन्न नदीमा आएको बाढीको खबरले जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायसहित जिल्ला दैविक प्रकोप उद्धार समिति० लगायत विभिन्न जिम्मेवार निकाय पनि उच्चरुपमा सतर्क भएको जनाइएको छ ।
रासस



















