८ भदौ, कपिलवस्तु । बैशाख २५ गते देखी सुरु गरिएको साझा प्रयास अभियान तीन महिना सम्म निरन्तर कृयाशील रही आज भाद्र ८ गते स्वास्थ्य सामग्री हस्तांतरण, सम्मान तथा आर्थिक प्रतिबेदन सार्बजनिकिकरण कार्यक्रम आयोजना गरि कपिलवस्तु नगर पालिका को कोभीड अस्पताल लाई अझ प्रभावकारी बनाउने उदेश्यले साझा प्रयास अभियान का संरक्षक बिकास प्रेमी नगर पालिका का उप मेयर आदरणीय लक्ष्मी गुप्ता साव ज्यु लाई रु ३५०००० बराबर को स्वास्थ्य सामग्री प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री चक्रपाणि पाण्डेय ज्यु ले हस्तान्तरण गर्नु भयो ।
बैशाख २५ गते देखि सुरु भएको साझा प्रयास अभियान को ूकोभिड दोश्रो लहरको प्रतिकार्यू ूकोभिड तेश्रो लहरको बचाव कार्यू यात्रा जारी नै रहेको स्वागत मन्तब्य दिदै साझा प्रयास अभियान का सचिव लुम्बिनी बिकास कोष का सदस्य राजेश ज्ञवाली ज्यु ले जानकारी दिनु भयो । हस्तान्तरण कार्यक्रम मा बोल्दै दोश्रो लहर बाट पार पाउन सामाजिक तथा ब्यवसायिक संस्था हरु संग कोर्डिनेशन मिटिंग गरी आक्सीजन सिलिंडर, स्वास्थ्य सामग्री को उपलब्धता गराउने कार्य गरियो। त्यस्तै बहादुरगंज अस्पताल मा निसुल्क खाना तथा नास्ता, तौलिहवा अस्पताल, कोभीड अस्पताल एवं सुरक्षाकर्मी हरुलाई दुई टाइम चिया नास्ता तथा अति बिपन्न हरु को घर दैलो मा पुगी राहत बितरण गर्ने कार्य गरिरहेका छौ ।
आक्सीजन को अभाव मा बिजय नगर की एक महिला आक्सीजन सहित आईसियु बेड का लागी तौलिहवा रिफर भएर आईन तर तौलिहवा मा आईसियु बेड नपाई पुनः बिजय नगर जाने क्रममा ज्यान गुमाएको स्मरण गरि प्रत्येक पालिका हरुमा आक्सीजन कन्सन्ट्रेटर उपलब्ध गराउने संकल्प लियौ र त्यसको सुरुवात बुद्ध भुमि नगर पालिका बाट शुरू गर्यौ । निकट भविष्य मा जिल्ला अस्पताल मा थप ५ बेड आईसियु हस्तांतरण गर्ने संकल्प लिएका छौ । मृत्यु पस्चात सम्मान पुर्बक दाहसंस्कार हुन पाउने अधिकार हुदाँ हुदै नगर पालिका को फोहर फाल्ने ट्रेक्टर बाटा लास ब्यबस्थापन गर्नु परेको संझी अस्पताल को साझेदारी मा सव बाहन संचालन गर्ने संकल्प पनि लिएका छौ कार्यक्रम संचालक प्रेस युनियनका सभापति एवं साझा प्रयास अभियान का कोषाध्यक्ष गोपाल भण्डारी ज्यु ले भन्नु भयो ।
कपिलवस्तु नगर पालिका र साझा प्रयास अभियानको साझेदारी मा सामुदायिक सरुवा रोग अस्पताल निर्माण कार्य को सुभारम्भ गर्ने हाम्रो लक्ष्य रहेको छ कोषाध्यक्ष गोपाल भण्डारी ले भन्नु भयो। वहाँ ले आर्थिक तथा प्रगति प्रतिबेदन पनि पढेर सुनाउनु भयो। कार्यक्रम का बिशिष्ट अतिथि उप मेयर लक्ष्मी गुप्ता ज्यु ले दाता हरुलाई सम्मान पत्र दिई साझा प्रयास अभियान लाई धन्यवाद दिनु भयो साथै साझा प्रयास अभियान लाई पालिकाले सहयोग गर्ने बचन पनि दिनु भयो । सरुवा रोग अस्पताल निर्माण अभियान मा साझा प्रयास अभियान को सहभागिता अवस्य हुन्छ भन्दै साझा प्रयास अभियान संग हातेमालो गरि अघि बढ्ने समेत उदघोष गर्नु भयो ।
हस्तान्तरण कार्यक्रम मा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय ज्यु ले कोभीड दोश्रो लहर को बखत आफ्नो ज्यान को प्रवाह नगरी बिशिष्ट सेवा दिएका एम्बुलेंस चालक ७ जनालाई दोसल्ला ओढाई सम्मान गर्नु भयो । साझा प्रयास अभियान को कर्यको सरहना गर्दै जिल्ला को स्वास्थ्य अवस्था सुदृढ गर्न स्थानीय सरकार लगायत सबैको सहयोग को खांचो छ भन्नु भयो । कपिलवस्तु नगर पालिका को सभा हल मा आयोजित कार्यक्रम मा पत्रकार महासंघ का अध्यक्ष किरणमान बज्राचार्य दाता हरुको तर्फबाट बरिष्ठ समाजसेवी राजु प्रसाद अर्याल ले आ( आफ्नो भनाई राख्नु भएको थियो। दोश्रो लहर को बखत प्रमुख जिल्ला अधिकारी ज्यु को दुरदर्शिता एवं प्रहरी उपरिक्षक नवराज अधिकारी ज्यु को लगनसिलता ले जिल्ला ले कम क्षति ब्यहोरे को भन्दै कार्यक्रम का अध्यक्ष रवि ठाकुर ले सम्मान ब्यक्त गर्नु भयो । सम्पूर्ण दाता हरुलाई धन्यवाद दिदै बर्षा को मौसम मा पनि भिज्दै उपस्थित हुनु भएका सम्पूर्ण महानुभाव हरुमा साझा प्रयास अभियानको तर्फबाट अध्यक्ष ठाकुर ले हार्दिक आभार ब्यक्त गर्नु भयो। सहयोगी हातहरुलाई लाई नमन्। यो महामारी बाट पार पाउन तपाईं हरु सबैको सहयोग को खांचो छ समयमै सहयोग गरी पुन्य कमाउ अब आउने तेश्रो लहर बाट जनता जनार्दन को ज्यान बचाउं भन्दै अध्यक्ष ठाकुर ले कार्यक्रम समापन गर्नु भएको थियो।









