८ भदौ, धनुषा । सवारी दुर्घटना हूदा धनुषामा एक महिलाको ज्यान गएको छ । पूर्व (पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका ४ पुष्पलपुरस्थित भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुने सप्तरीको राजविराज नगरपालिका(१२ बस्ने २९ वर्षिया ममता यादव रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३५ वर्षिय द्वारिका प्रसाद यादव घाइते भएका हुन् । मृतक यादव घाइतेको श्रीमती भएको बताइएको छ ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र।२(०१(००१प ८५८५ नम्बरको मोटरसाइकल खाडलका कारण अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाईकलमा सवार ममता यादव उछिट्टिएर सडकतर्फ लडेका थिए । सोही क्रममा विपरित दिशाबाट जाँदै गरेको बा। ५ ख। ६०८७ नम्बरको हायसले कुल्चिएपछि घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए ।
सडककै कारण दुर्घटना भएको भन्दै स्थानीहरूले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका थिए । उनीहरूले घटनाको विरोधमा सडक मर्मतको माग गर्दै टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।
मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्यास प्रहार गरेको प्रहरी निरिक्षक सुवेदीले जनाए ।
बल प्रयोग गरी प्रहरीले मृतकको शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरुले करिब डेढघण्टा पूर्व(पश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध पारेका थिए । प्रहरीले बल प्रयोग गर्दै राजमार्ग खुलाएका थिए ।
यता महिलालाई ठक्कर दिने हायस गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।



















