७ भदौ,काठमाडौं । देशभर १ हजार ८०१ जनामा कोभिड १९ संक्रमण देखिएको छ।
११ हजार ३२६ जनाको परीक्षण गर्दा १ हजार ८०१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। पछिल्लो २४ घण्टामा ८ हजार ७०४ जनाको पीसीआर परीक्षण भएकोमा १ हजार ५४८ जनामा र २ हजार ६२२ जनाको एन्टिजेन परीक्षण हुँदा २५३ जनामा संक्रमण देखिएको हो।
यस्तै, १ हजार ९२४ जना संक्रमण मुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको छ।
संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। हालसम्म १० हजार ५३३ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ३४४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। देशभर ४९ लाख ४३ हजार ७३२ जनाले कोरोना खोपको पहिलो डोज लगाइसकेका छन् भने ३८ लाख ५७ हजार ५९८ जनाले खोपको पूर्ण डोज लगाइसकेका छन्।



















