ज्ञानेश्वर सहानी
६ भदौ, नवलपरासी । पश्चिम नवलपरासी जिल्ला पाल्हीनन्दन गाउँपालिको लोहरौली देखि गेरमा सिमानाका सम्म जोड्ने लगभग १० किलोमिटर सडक खाल्डाखुल्डी भएर सडक को अवस्था जीर्ण बन्दै गएको छ ।
परासी देखि गेरमा सडक खण्डमा दैनिक ५ सय देखि हजार भन्दा बढी मानिसहरु आवात जावात गर्ने गर्छन् । गेरमा हुँदै नवलपरासी जिल्ला को सदरमुकाममा जोड्ने सडक को अवस्था जीर्ण अबस्थाको छ । यही सडकबाट वडा अध्यक्ष पालिका प्रमुख , प्रदेश सभा सदस्य जस्ता जनप्रतिनिधिहरु हिडिरहन्छन् तर मर्मत सम्भारको लागि भने कूनै चासो देखिएको पाइदैन ।
सडक दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । सडकको बीचबीच भागमा खाल्डाखुल्डी भएर पानी जमेको छ । यो सडकमा सवारी दुर्घटना हुन सक्ने धेरै सम्भावना छ । सडक मर्मत सम्भार मा स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकारले केही चासो दिइएको छैन ।
सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी को समयमा धूवा धुलो हुने अनि बर्षा को समयमा सडक को बीच भागमा भएको खाल्डा खुल्डीमा पानी जामेर सडकमा आवात जावात गर्न निकै समस्या भइरहेको एक जना युवाले बताए ।
पानि निकास नभएको कारणले गर्दा सडकको छेउछाउमा पानी जम्ने , सडकको बीच भागमा खाल्डाखुल्डी भएर पानी जम्ने भएको कारणले निकै समस्या रहेको लोहरौली देखि गेरमा सडक मर्मतको लागि जनप्रतिनिधिहरु ध्यान जान अवश्यक रहेको स्थानीय बताउँछन्



















