६ भदौ, महोत्तरी । महोत्तरीको बर्दिबासमा शनिबार आफ्नै पसलमा व्लडीङ्गको काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका वडा न. १३ बिजलपुर बस्ने चलितर महतोको छोरा वर्ष २८ को दिपक महतो रहेको प्रहरीले जनाएको छ ।
महतो बर्दिबास नगरपालिका (१३ स्थित पर्ने डाडा टोल बजारमा आफ्नै पसलमा टेक्टरको टेल्लारीमा व्लडीङ्ग गर्ने क्रममा अचानक करेन्ट प्रभाव भई उनी घाइते भए पछि उपचारकाको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु घोषना गरेको थियो ।
मृत्यु घोषना गरेपछी उनको पेस्टमाटम पछी शव परिवारजनलाई बुझाइ सकेको ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी उपरिक्षक बलिस्टर सिंहले जानकारी दिए ।
शव बुझेपछी रातीनै महतोको हिन्दुधर्म अनुसार अन्तीम संस्कार गरीसकेको परिवार जन स्रोतले बताए ।



















